News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख हस्तान्तरण

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८१
    १९ पटक
    ८ कार्तिक, २०८१

    काठमाडौं । नेपालको पूर्बि र मध्य भागमा परेकोे अविरल वर्षाको कारण आएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र यस विषम परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न सिद्धार्थ प्रिमियर इनस्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आर्थिक सहयोग स्वरुप रु. ५१ लाख प्रदान गरेको छ । कम्पनीले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गगरेको हो ।

    प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा सम्माननिय प्रधानमन्त्री केपी.शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले रु. ५१ लाखको चेक हस्तान्तरण गरे । सो अवसरमा प्रधानमन्त्री के.पि.शर्मा ओलीले सहयोगको लागि धन्यवाद दिए । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्