News Portal

  • कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८१
    ८ पटक
    १ कार्तिक, २०८१

    काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो ।

    थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् ।

    यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।

    प्रतिकृया दिनुहोस्