News Portal

  • सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
    ४१ पटक
    २३ असोज, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो ।

    उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

    यसका साथै आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण, वासलत, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित हुनुका साथै एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण पनि पारित भएको कम्पनीले जनाएको छ ।

    भदौ ३१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आज बुधबारका लागि वार्षिक साधारणसभा बोलाएको थियो । यसका साथै १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने पनि घोषणा कम्पनीले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्