News Portal

  • उपत्यकामा पुनः मेलम्चीको पानी वितरण सुरु

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८१
    २५८ पटक
    २२ असोज, २०८१

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

    खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरेका हुन् ।

    सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ।

    स्थानीयहरूसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरू दशैंपछि बोलाएर सम्बोधन गरिने बता‍ए ।

    गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो ।

    प्रतिकृया दिनुहोस्