आर्थीकसंसार संवाददाता२० असोज, २०८१
२० असोज, २०८१काठमाडौं । नेपाल लाइफ इन्साेरेन्सले बडादशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।
इन्साेरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।
यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने इन्स्याेरेन्सले जनाएकाे छ ।
उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने बताइएकाे छ ।
विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ । यस प्रतिस्पर्धामा कार्तिक २४ गतेसम्म सहभागी हुन सकिनेछ ।
साथै इन्स्योरेन्सले सबैमा दशैंकाे शुभकामना पनि टक्र्याएकाे छ ।