News Portal

  • बाढीपहिरो पीडितको लागि नेपाल इन्स्योरेन्स र मेट लाइफले दिए रु ७५ लाख

    आर्थीकसंसार संवाददाता२० असोज, २०८१
    २०५ पटक
    २० असोज, २०८१

    काठमाडौं । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि बीमा कम्पनीहरुले सरकारी कोषमा राहत रकम योगदान दिने क्रम जारी रहेको छ। यसैबीच नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा ५० लाख रुपैयॉ जम्मा गरेको छ। नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    यसैगरी जीवन बीमक मेटलाइफ इन्स्योरेन्सले राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई २५ लाख रुपैयाँ सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन्।

    प्रतिकृया दिनुहोस्