News Portal

  • आईएमई लाइफ इन्सोरेन्सको उपहार योजनाअन्तगर्त विजेता घोषणा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८१
    १३ पटक
    १८ असोज, २०८१

    काठमाडौं । आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले उपहार योजनाअन्तर्गत विजेताको नाम घोषणा गरेको छ ।

    असोज १६ गते कम्पनीको केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीटमार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा विजेताको नाम घोषणा गरिएकाे हाे ।

    उक्त योजनाअन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेस्रो पुरस्कारमा ५ ग्राम सुन, दोस्राे पुरस्कार आई फोन १३ र प्रथम पुरस्कारअन्तर्गत १२५ सीसीको हीरो मोटरसाइकल एक जनालाई प्रदान गरिएकाे छ ।

    साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्