News Portal

  • बाढी-पहिरो पीडितको उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपिल

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    ५५ पटक
    १३ असोज, २०८१

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विपदबाट नागरिकलाई बचाउने काममा लाग्न अपिल गरेको छ ।

    केही दिनयता अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा जुट्न महासंघले आह्वान गरेको हो ।

    आइतबार महासंघका महासचिव रोशन दाहालले महासंघको तर्फबाट प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

    उनले तत्काल घाइतेको उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारसँग माग गरे । बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू/व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

    साथै विपद्को घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न निर्माण व्यवसायीहरूलाई अपिल गरेको छ ।

    पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकारसमक्ष आग्रह गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ ।

    महासंघले बाढी पहिरोको चपेटामा परेका देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन पनि अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस्