News Portal

  • एशियन लाइफको सुदूरपश्चिम र कर्णाली प्रदेश स्तरिय अभिकर्ता सम्मान्

    आर्थीकसंसार संवाददाता१२ असोज, २०८१
    २६२ पटक
    १२ असोज, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान् कार्यक्रम गरेको छ। सुदूरपश्चिमको मुख्यालय धनगढी र कर्णालीको मुख्यालय वीरेन्द्रनगरमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

    धनगढीमा आयोजित अभिकर्ता सम्मान कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले प्रदेश अन्तर्गतका सकृय अभिकर्तालाइ प्रशंसा पत्र सहित सम्मान गरेका थिए।

    कार्यक्रमको सभापतित्व इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश साउदले गरेका थिए ।

    यसैगरी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुख जयानन्द भट्टको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ।

    सुर्खेतमा शनिबार आयोजित अभिकर्ता सम्मान कार्यक्रम

    कार्यक्रममा सुर्खेत र आसपासको क्षेत्रका अभिकर्ताको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्