आर्थीकसंसार संवाददाता८ असोज, २०८१
८ असोज, २०८१काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।