News Portal

  • नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर, आधार दर ७.५४ प्रतिशतमा झर्याे

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २४ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले असोज ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याज तोकेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर कायम थियो ।

    बैंकले कर्जातर्फको ब्याजदर भने घटेको छ । यसअघि बैंकको आधारदर ७.८७ प्रतिशत रहेकोमा असोजका लागि ७.५४ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको स्प्रेडदर भने ३.९६ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्