News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
    ४५ पटक
    ३० भदौ, २०८१

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन्।

    कम्पनी सञ्चालक समितिको भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। सीईओमा नियुक्ति सम्बन्धमा कम्पनी र श्रेष्ठबीच सम्झौता भएको छ।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि लागू हुने गरी सञ्चालक समितिले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जानकारी दिए। उनको नियुक्ति आउँदो असोज १८ गतेबाट ४ का लागि लागू हुने न्यौपानेले बताए।

    गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

    साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब सीईओको जिम्मेवारी पाएकी थिइन्।

    प्रतिकृया दिनुहोस्