News Portal

  • नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश घोषणा, प्रिमियममा एफपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
    ४२ पटक
    २८ भदौ, २०८१

    काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत लाभांश वितरण गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गते ग ३३औँ वार्षिक साधारण सभा ललितपुरमा बोलाएको छ । कम्पनीको सभाले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्