काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए ।
प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गर्नुभएको थियो भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो ।
कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।
मिस युनिभर्स नेपाल–२०२४ को उपाधि सम्पदा घिमिरेलाई
आर्थीकसंसार संवाददाता२७ भदौ, २०८१
२७ भदौ, २०८१- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक