काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।
बजाजको यस योजना अन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले भन्नुभयो, “हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौं । यस्ता स्किमहरु मार्फत ग्राहकहरुलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ । यस वर्ष पनि बजाजले ग्राहकहरुको चाड विशेष बनाउने हामी विश्वस्त रहेका छौं ।”
बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५०% डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।
बजाजको ‘क्यास सफारी’ अफर
आर्थीकसंसार संवाददाता२० भदौ, २०८१
२० भदौ, २०८१- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक