News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितलाई कति ?

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८१
    १६१ पटक
    २० भदौ, २०८१

    काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरुमा चालु आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरिएको जनाएको छ। साथै, बोनसदर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ।

    गत भदौ १७ गते नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७०।७१ देखि आर्थिक वर्ष २०७२।७३ सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो।

    प्रतिकृया दिनुहोस्