आर्थीकसंसार संवाददाता१९ भदौ, २०८१
१९ भदौ, २०८१काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता भएको छ ।
कुमारी बैंक र नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच कुमारी बैंकका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।