News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८१
    ९६ पटक
    १९ भदौ, २०८१

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको  छ ।

    बैंकका अनुसार उक्त शैक्षिक कर्जा  उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंकको ‘शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन् बैंकले जनाएको छ ।

    यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी बैंकको निर्णयमा उल्लेख छ । साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्