News Portal

  • एलआईसी नेपालले ल्यायो बीमांकको दुई गुणा सुरक्षा प्रदान गर्ने पोलिसी

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८१
    ४७ पटक
    १२ भदौ, २०८१

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । मंगबार सार्वजनिक गरेको उक्त पोलिसीले दुई गुणासम्म सूरक्षण प्रदान गर्ने छ ।

    जीवन उत्सव बीमा नामको उक्त पोलिसिले बीमांकको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गर्ने कम्पनीले जनाएके छ ।

    नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकमसहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको जीवन उत्सव योजना कम्पनीले ल्याएको हो ।

    सो बीमा योजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमुख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय र अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठलगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरूले बुधार संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

    कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारले यो बीमा योजना नेपालमै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याइएको बताए । यस बीमा योजनाले हाल बीमा अवधि नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अवधिसम्म चलाउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्