आर्थीकसंसार संवाददाता८ भदौ, २०८१
८ भदौ, २०८१काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जमल शाखाले घातक रोग बापतको ५ लाख रुपैया दावी भुक्तानी गरेको छ । ४ बर्षअघि सिटिजन लाइफ जमल शाखामा ५ लाखको जीवन बीमा गरेका कृष्ण बहादुर तामाङ्गले हाल प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ दावी भुक्तानी प्राप्त गरेका छन् ।
कागजात बुझाएको हप्ता दिनमा उनले दावी भुक्तानी पाएका थिए । उनले आजसम्म बार्षिक २९ हजार ५ किस्ता मात्र बुझाएका छन् । उनले बीमा भनेको समस्या पर्दा दुःखकोको साथी रहेको बताए ।
‘बीमा कम्पनी भनेको आर्थिक सुरक्षा दिने उदेश्यले स्थापित कानुनी संस्था हो, कागजपत्र सहि छ भने बीमाले समयमा नै दावी भुक्तानी दिन्छ ।’’ शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले भने । उक्त कार्यक्रममा शाखा प्रबन्धक लगायत एजेन्सी म्योनेजरहरु, बीमितको परिवार र शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।