News Portal

  • विशाल ग्रूपले बिक्रीमा राख्यो नेपाल रिमा रहेको साढे ३१ करोडको सेयर

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८१
    ५४ पटक
    ५ भदौ, २०८१

    काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । रिइन्स्योरेन्स कम्पनीले विशाल ग्रूपको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    विशाल ग्रूपले रिइन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख कित्ता सेयर आज भदौ ५ गतेदेखि बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

    कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज ८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।

    कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्