News Portal

  • बीमा प्राधिकरणको संचालकबाट बाहिरिए कपिलदेव ओली

    आर्थीकसंसार संवाददाता२ भदौ, २०८१
    ४६ पटक
    २ भदौ, २०८१

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल सकिएको छ । बीमा विज्ञ सदस्य ओलीको आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी विदाई तथा सम्मानसहित विदाई गरिएको हो ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई सम्मानका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरेका छन् । अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसा समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्