News Portal

  • धनगढीमा राठी इन्टरप्राइजेजले ल्यायो कजरिया ग्यालेक्सी सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२ भदौ, २०८१
    १३५ पटक
    २ भदौ, २०८१

    धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको भव्य उद्घाटन गरेको छ ।

    यो अत्याधुनिक शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको बताइएको छ । धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

    यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उद्घाटनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन पश्चिम नेपालका ग्राहकहरूलाई उच्चतम गुणस्तरका टायलहरू उपलव्ध गराउने प्रतिबद्धताको प्रमाण हो, यस शोरुमले हाम्रो उत्कृष्टताप्रतिको समर्पण र टायल किनमेलको अनुभवलाई पुनः परिभाषित गर्ने हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।’

    प्रतिकृया दिनुहोस्