News Portal

  • समृद्धि फाइनान्सको मधुवन शाखाले गर्यो बृक्षारोपण

    आर्थीकसंसार संवाददाता३० साउन, २०८१
    १२९ पटक
    ३० साउन, २०८१

    काठमाडौं । समृद्धि फाइनान्सको मधुवन शाखाले साउन ३० गते बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुल र फुलका २६ वोटा बोट लगाई सम्पन्न गरिएको हो ।

    साउन पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भईसकेको र श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।
    प्रतिकृया दिनुहोस्