News Portal

  • आइएमई लाइफको नाफा १४५.०४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता३० साउन, २०८१
    ११३ पटक
    ३० साउन, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १४५.०४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    गत असारसम्म कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

    कम्पनीले १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ दीर्घकालिन लगानी र १ अर्ब २७ करोड ५० लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्