News Portal

  • ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात

    आर्थीकसंसार संवाददाता३० साउन, २०८१
    ८८ पटक
    ३० साउन, २०८१

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ ।

    बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ मा प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो ।

    बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरूलगायतका लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय संस्थाबाट बाट उक्त डिजिटल हस्ताक्षर लिएको जनाएको छ ।

    डिजिटल हस्ताक्षर प्रणाली सुरु भएपश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ । भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्ने बैंकले बताएको छ।

    बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ ।

    प्रतिकृया दिनुहोस्