काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवमा ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो ।
८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुँक्ता पुँजी भएको कम्पनीले गत आवमा ४० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
गत आवको अन्त्यसम्ममा कम्पनीको दीर्घकालीन लगानी १ खर्ब ९१ अर्ब २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने अल्पकालीन लागनी १४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ, पीई अनुपात ९८.८८ र प्रतिसेयर नेटवर्थ १२९.१८ रुपैयाँ रहेको छ ।
कम्पनीले पुनर्बीमाबापत ७३ करोड ९२ लाख रुपैयाँ, अभिकर्ता कमिसनबापत ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खर्चिएको छ ।