आर्थीकसंसार संवाददाता२९ साउन, २०८१
२९ साउन, २०८१काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय गाभिने भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरू भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् ।
कम्पनीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा नरायणघाट शाखामा गाभिएर सेवा प्रदान गरिनेछ । यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी शाखा हेटौडा उप–महानगरपालिका–४ हेटौडा शाखामा गाभिएर सेवा निरन्तर हुने कम्पनीले जनाएको छ ।
गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेका सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने भएकोले सम्पूर्ण बीमित, अभिकर्ता तथा अन्य सेवाग्राहिहरु, नियमनकारी निकायलाई कम्पनीले जानकारी गराएको छ । कुनै कठिनाई उत्पन्न भएमा वा थप जानकारी आवश्यक भएमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।