News Portal

  • मातृभूमि लघुवित्तको शेयर कारोबार मंगलबारदेखि खुल्ने, कति पायो ओपनिङ रेन्ज ?

    आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
    २८५ पटक
    २८ साउन, २०८१

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार मंगलबार खुल्ने भएको छ। साबिक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार खुल्ने भएको हो।

    साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०.८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका हुन्। यी दुवै लघुवित्त गाभिएपछि कुल ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। मर्जर प्रयोजनका लागि रोक्का रहेको संस्था शेयर नेप्सेले फुकुवा गरेको छ।

    अब मंगलबारबाट मातृभूमि लघुवित्तको नाममा शेयर कारोबार खुल्नेछ। नेप्सेले यो लघुवित्तलाई ‘एमएटीआरआई’ कारोबार संकेत प्रदान गरेको छ।

    मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

    प्रतिकृया दिनुहोस्