आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
२८ साउन, २०८१काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा शेयर संरचना कायम भएको हो ।
यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०ः ३० को अनुपातमा थियो । अब नेप्सेमा शेयर संरचना परिवर्तनपछि संस्थापक शेयर समूहतर्फत २ करोड १३ लाख ३८ हजार ४ सय कित्ता र सर्वसाधारण समुह तर्फत २ करोड५ लाख १ हजार ६ सय कित्ता शेयर सूचिकरण गरिएको अभिलेख राखिएको छ ।