News Portal

  • सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
    ३५ पटक
    २८ साउन, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    गत असारसम्म कम्पनीको खुद बीमाशुल्क २७.४६ प्रतिशत बढेर ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३६.६३ प्रतिशत बढेर १० अर्ब १ करोड ७२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशत बढेर ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, जीवन बीमा कोष २३.२२ प्रतिशत बढेर ३३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ, महाविपत्ति कोष ३४ करोड ६८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्ग ५६ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा कम्पनीले १० लाख ९ हजार ७२ वटा बीमलेख जारी गरेको छ । कम्पनीको दीर्घकालिन लगानी ३२ अर्ब ३ करोड ९४ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ गरेको छ ।

    प्रतिकृया दिनुहोस्