News Portal

  • ग्लोबल आइएमई लघुवित्तको ४६.८०%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८१
    ४६ पटक
    २७ साउन, २०८१

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा वर्षमा संस्थाले १४ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ४६.८० प्रतिशतको बढोत्तरी भएको छ।

    यो वर्ष संस्थाको सञ्चालन मुनाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १३ करोड ८६ लाख रुपैयाँमा सीमित थियो।

    समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी ६३ करोड १४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४६ करोड ६२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ३५.८७ प्रतिशतले बढेको छ।

    आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।

    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.९० प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.३० प्रतिशत थियो। संस्थाले १७ करोड ५५ लाखरुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

    चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भमा ५१ करोड ५१ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा ४५ करोड ४० लाख रुपैयाँ थियो। रिजर्भको आकार १३.४७ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा संस्थाले ३ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २२.८९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.५९ रुपैयाँ थियो। पीई रेसियो ५९.५३ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १८३.२४ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्