News Portal

  • समृद्धि फाइनान्सको इटहरी शाखाले गर्यो बृक्षारोपण

    आर्थीकसंसार संवाददाता२५ साउन, २०८१
    ७७ पटक
    २५ साउन, २०८१

    काठमाडौं । समृद्धि फाइनान्सले संस्थाको इटहरी शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन २५ गते स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर राजमार्ग परिसरमा १८ बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

    साउन पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको र श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

    फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।
    प्रतिकृया दिनुहोस्