आर्थीकसंसार संवाददाता२५ साउन, २०८१
२५ साउन, २०८१काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।