News Portal

  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ६२ पटक
    २३ साउन, २०८१

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरेका थिए । सोही अनुरुप कम्पनीले कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

    उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    कम्पनीले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने जनाएको छ ।
    प्रतिकृया दिनुहोस्