News Portal

  • हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    २०९ पटक
    २३ साउन, २०८१

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सास्थित विरुवागुठी शाखा कार्यालयले आफ्ना सदस्यलाई ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको हो।

    कम्पनीका सदस्य गणेश मुसहरको मृत्यु पश्चात सदस्य लक्ष्मीनिया देवि मुसहरलाई बीमाको क्षतिपुर्ति रकम दिएको हो । सदस्य लक्ष्मीदेवीले २ लाख रुपैयाँ कर्जा लिएकोमा नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता ४१ हजार ८२८ रुपैयाँ समेत फिर्ता गरी जम्मा १ लाख ८३ हजार १७२ रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा कर्मचारी गजिन्द्र कुमार पटेल,रामशरण कुमार महरा र राज चौधरी तथा केन्द्र नं २ का सदस्य तथा स्थानीयको पनि उपस्थिति थियो ।
    प्रतिकृया दिनुहोस्