News Portal

  • नेशनल लाइफको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ८५ पटक
    २३ साउन, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

    मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

    बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस्