News Portal

  • सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    १३४ पटक
    २३ साउन, २०८१

    काठमाडौं । सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता भएको छ ।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौतामा एक समारोहबीच मंगलबार एक समारोहबीच हस्ताक्षर भयो ।

    उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

    सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष वेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्