News Portal

  • एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
    १४७ पटक
    २२ साउन, २०८१

    काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो ।

    निरौला २०८० वैशाख २७ गते सो कम्पनीमा स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौला केहि समय कृषि विकास बैंकको अध्यक्ष जिम्मेवारी बहन गरेका थिए । तत्कालिन सरकार परिवर्तन भएपछि उनले कृषि विकास बैंकबाट राजिनामा दिएका थिए ।

    उनै निरौलाले विगत एक वर्षदेखि एनएलजीमा सञ्चालकको रुपमा रहेका भएतापनि उनी अहिले कम्पनीबाट बाहिरिएका छन् । उनले घरायसी कारणले कम्पनीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्