News Portal

  • गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई नियुक्त

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ९७ पटक
    २१ साउन, २०८१

    काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ । राईसँग नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ ।

    त्यसैगरी सोही बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ । नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पु¥याउने विश्वास संस्थाले लिएको छ ।

    प्रतिकृया दिनुहोस्