News Portal

  • वैदेशिक रोजगार बीमा बजारबाट बाहिरियो प्रभु महालक्ष्मी लाईफ, तीन माईक्रोसहित चार कम्पनी थपिए

    आर्थीकसंसार संवाददाता२० साउन, २०८१
    ५७ पटक
    २० साउन, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो ।

    वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई आवेदन दिन भनेको थियो । विभागले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सो प्रस्ताव आह्वान गरेको थियो ।

    विगतमा सो पोलिसि बिक्री गर्दै आएको प्रभु महालक्ष्मीले भने आवेदन नै नदिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले विकासन्युजसँग बताए ।

    सूचना अधिकारी सुवेदीका अनुसार नयाँ तीन जीवन लघुबीमा कम्पनीहरुले उक्त पोलिसी बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाईप इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले उक्त पोलिसि बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् ।

    विगतमा यो पोलिसी बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि चालु आवमा पोलिसी बिक्रीका लागि सम्झौता गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा बिक्रीका लागि १३ कम्पनीले सम्झौता गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार तीन वटा लघु जीवन बीमक र १० वटा जीवन बीमक गरी कुल १३ वटा कम्पनीले सो पोलिसी बिक्रीका लागि सम्झौता गरेका हुन् । गत आर्थिक वर्ष १० वटा बीमा कम्पनीले यस्तो पोलिसी बिक्री गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्