आर्थीकसंसार संवाददाता९ साउन, २०८१
९ साउन, २०८१काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा दाबी बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ वैदेशिक रोजगारमा मलेसिया गएका बीमित कमल बुढाथोकीको हृदयघात भई उपचारको क्रममा मलेसियामै मृत्यु भएको थियो ।
कम्पनीले निजको परिवारलाई बीमा दाबी बापतको १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीको शाखा नयाँ बानेश्वर शाखा प्रमुख तेजेन्द्र सुबेदीले सो रकम वापतको चेक हस्तान्तरण गरे ।
सो कार्यक्रममा नयाँ बानेश्वर शाखा कार्यलयकी कर्मचारी एलिसा खतिवडा तथा बीमितकी आमा तुलसी बुढाथोकीको समेत उपस्थिती थियो ।