News Portal

  • प्रभु महालक्ष्मी लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता६ साउन, २०८१
    ६२ पटक
    ६ साउन, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१/०८२ को विभिन्न मितिहरूमा तालिम सञ्चालन गर्न लागेको हो ।

    अभिकर्ता तालिम सम्बन्धी विस्तृत जानकारी अथवा विवरण कम्पनीले आफ्नो वेभसाइटमा राखेको छ । तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन ईच्छुक व्यक्तिले आफूलाई पायक पर्ने कम्पनीको केन्द्रीय, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्