News Portal

  • जन्मदिनको उपहारः चिरञ्जीवीले दिए ५ लाखको बीमा पोलिसी

    आर्थीकसंसार संवाददाता४ साउन, २०८१
    १०५ पटक
    ४ साउन, २०८१

    काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

    यसैबीच मोरङ जिल्ला बेलबारि नगरपालिका वाडा नम्बर १० स्थित अम्बिका न्योपाने चम्लागाईको जन्मदिनमा श्रीमान चिरञ्जीवी चम्लागाईले साउन ३ गते जन्मदिनमा ५ लाख बीमाङ्कको बीमा पोलिसी उपहा। दिएका हुन् ।

    उनले आईएमई लाइफको आईएमई सरल सावधिक बिमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी आइएमई लाइफका बिराटचोक शाखा प्रमुख श्री यामनाथ दाहाल र एजेन्सी म्यानेजर अनिता सुवेदी गौतमको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन्

    जन्मदिनको सुभकामना दिँदै शाखा प्रमुख यामनाथ दाहालले द्वय चिरञ्जीवी चम्लागाई र अम्बिकालाई बिलासित्ताको सामाग्रि उपहार दिने सट्टामा बीमा पोलेसि दिँदा बचतको बिकाससँगै भोलि भैपरि आउने जोखिमको समेत सुरक्षा कवरेज गरेको मा धन्यबाद र बधाई समेत दिए ।

    प्रतिकृया दिनुहोस्