आर्थीकसंसार संवाददाता३ साउन, २०८१
३ साउन, २०८१काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।