News Portal

  • सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा आजसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता२८ असार, २०८१
    २९५ पटक
    २८ असार, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा आज असार २८ गतेसम्म ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ। यस कम्पनीबाट जारी गरिएका बीमालेखहरुमा आजसम्म पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।

    यस्तो छुट बीमा अवधिभरि एकपटकमात्र पाइने हुँदा यसको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ। २०८२ असार २८ गतेभित्र परिपक्व हुने बीमालेखहरुमा भने यो छुट लागू नहुने कम्पनीले प्रस्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्