News Portal

  • नेपाल माइक्रोले संकलन गर्यो १० करोड प्रिमियम

    आर्थीकसंसार संवाददाता२८ असार, २०८१
    ७७ पटक
    २८ असार, २०८१

    काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स छोटो समयमा १० करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको छ । सञ्चालनमा आएको एक वर्षको अवधिमा कम्पनीले १० करोड बढी प्रिमियम संकलन गरेको हो ।

    शाखा विस्तार गर्दै कम्पनीले आफ्नो व्यवसाय पनि वृद्धि गर्न कम्पनी सफल भएको हो । कम्पनीले वि.सं २०८० असार २८ गतेबाट पहिलो निर्जिवन लघुबीमा कम्पनीको रुपमा कारोबार सुरु गरेको हो ।

    चितवनको भरतपुर–१ मा केन्द्रिय कार्यालय रहेको माइक्रो इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरी छन् ।

    कम्पनीका कर्मचारीहरूको अथक मेहेनतले छोटो समयमा उपलब्धि हासिल गर्न सफल भएको छ । कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् ।

    प्रतिकृया दिनुहोस्