News Portal

  • सेञ्चुरी बैंकको नयाँ शाखा कोहलपुरमा सञ्चालन

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १५९९ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।
    ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गाविस ११ बाट बैकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्