आर्थीकसंसार संवाददाता२० असार, २०८१
२० असार, २०८१काठमाडौं । पछिल्लो समय जन्मउत्सवमा विभिन्न जिन्सी उपहारको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच छोराको जन्मदिनको अवसरमा बुवा आमाले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।
परशुराम नगरपालिका वडा न ०१ जोगबुढा डडेल्धुरा, निवासी बुवा हिक्मत बहादुर कुँवर र आमा बबिता कुँवरले आफ्नो छोरा आयुस कुँवरको प्रथम जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरुले छोरालाई बीमाङ्क रकम ५ लाख ३५ हजार रुपैयाँको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गराई जन्मदिन मनाएका छन् ।