News Portal

  • एनआईसी एशिया लघुवित्तको अध्यक्षमा शर्मा चयन

    आर्थीकसंसार संवाददाता१५ असार, २०८१
    २४९ पटक
    १५ असार, २०८१

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेकोे सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल भैसेँपाटी, ललितपुर–२५ निवासी शर्मालाई उक्त रिक्त रहेको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि चयन गरेको हो । साथै सोही सञ्चालक समितिको बैठकबाट प्रकाश राज शर्मालाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ ।

    नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भईसकेका प्रकाश राज शर्माको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ । उनले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधी हासिल गरेका छन् । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उहाँको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्